वीरगन्जमा अतिक्रमण गरेर बनाइएका संरचना हटाइँदै

वीरगन्जमा अतिक्रमण गरेर बनाइएका संरचना हटाइँदै


  • 6.4K
    SHARES
    • भाद्र २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    वीरगन्जमा अतिक्रमण गरेर बनाइएका संरचना हटाइँदै

    पर्सा । पर्साको वीरगन्ज महानगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका विभिन्न संरचना हटाउने भएको छ । महानगरपालिकाले पहिलो चरणमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

    images

    नगरप्रमुख राजेशमान सिंहका अनुसार सडक विस्तारका लागि सो क्षेत्रमा अनधिकृत रुपमा निर्मित घर, टहरालगायत संरचना हटाउन सूचना जारी गरिएको हो । गण्डक चोकदेखि विद्युत् गृह, घण्टाघर, माइस्थान, महावीर स्थान, आदर्शनगर, अलखिया मठ, बिर्ता मन्दिर, नारायणी अस्पताल, वीरगन्ज भन्सार कार्यालय हुँदै दक्षिणमा शंकराचार्य द्वारसम्म सडकको दायाँबायाँ अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन सूचना जारी गरिएको छ ।

    सडकको दुवैतर्फ निर्माण भएका घरको महानगरपालिकाबाट नक्सा स्वीकृत भए नभएको सबुत प्रमाण लिई ३५ दिनभित्र महानगरपालिका कार्यालयको भवन निर्माण तथा इजाजत शाखामा सम्पर्क राख्न सरोकारवालालाई आग्रह गरिएको छ । सडकको जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिएको प्रमाणित भए स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कारबाही गरिने सिंहले बताए ।