अहिलेको नेतृत्व परिवर्तन भएर फेरि जिम्मेवार गठबन्धनको सरकार बन्छ- डा. शेखर कोइराला

अहिलेको नेतृत्व परिवर्तन भएर फेरि जिम्मेवार गठबन्धनको सरकार बन्छ- डा. शेखर कोइराला


  • 7.9K
    SHARES
    • मंसिर २६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    अहिलेको नेतृत्व परिवर्तन भएर फेरि जिम्मेवार गठबन्धनको सरकार बन्छ- डा. शेखर कोइराला

    काठमाडौं, २६, मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अग्रज पुस्ताको अनुभव र युवा पुस्ताको ऊर्जाको समीश्रण गर्दै सशक्त कांग्रेस बनाउने बताएका छन् ।

    images

    कांग्रेस सभापतिका प्रत्यासी रहेका नेता कोइरालाले शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइरालालगायत नेताको अनुभवलाई आत्मसाथ गर्दै युवा ऊर्जाका साथ काम गर्ने बताएका छन् ।

    देउवाले युवाको ऊर्जाले मात्रै सशक्त र गतिशील कांग्रेस निर्माण हुने बताएका छन् । नेता कोइरालाले हिजोका तिक्तता भुल्दै अब नयाँ सिराबाट अगाडि बढ्नुपर्ने धारणा राखेका छन् । उनले संविधानमा केही परिमार्जन गर्नुपर्ने भए त्यो पनि गरिने उनले बताए ।

    उनले पार्टी भित्रका वेथिति अन्त्यका लागि जवाफदेही नेतृत्व खोजिरहेको धारणा राखे । उनले प्रधानमन्त्री देउवाले आफूलाई नजिताए गठबन्धनको सरकार ढल्ने बताएको प्रति आपत्ति जनाएका छन् ।

    नेता कोइरालाले नेतृत्व परिवर्तन भएर फेरि पनि जिम्मेवार गठबन्धनको सरकार निर्माण हुने बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा