धनुषामा धानखेतभित्र २ किशोरीको शव फेला

धनुषामा धानखेतभित्र २ किशोरीको शव फेला


  • 4.5K
    SHARES
    • भाद्र २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 6.9K Views

    धनुषामा धानखेतभित्र २ किशोरीको शव फेला

    जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई  किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन –७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै आएकी १९ वर्षीया आरतीकुमारी महराको शव फेला परेको हो । 
     
    स्थानीयवासी खेतमा जाँदै गर्दा  ती किशोरीलाई मृतावस्थामा देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले प्रहरी टोलीले  किशोरीद्वयको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको जानकारी दिए ।

    images

  • सम्बन्धित विषय:

  • # धनुषाा

  • तेस्रो आँखा
    लेखकबाट थप