काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले अन्तरआत्माले कुनै गुट उपगुट र भागवण्डामा नलागि कांग्रेसमा अगाडि बढाउन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
आइतबार मत माग्नका लागि आयोजना गरिएको कार्यक्रममा डा. कोइरालाले कांग्रेसको गौरवशाली इतिहासलाई सम्झिएर आफूहरुलाई प्रतिनिधिले विजयी बनाउने बताए ।
