डेंगुको जोखिममा बाँके, भेरी अस्पतालमा उपचारकै क्रममा दुईजनाको मृत्यु

डेंगुको जोखिममा बाँके, भेरी अस्पतालमा उपचारकै क्रममा दुईजनाको मृत्यु


  • 6.8K
    SHARES
    • भाद्र २३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    डेंगुको जोखिममा बाँके, भेरी अस्पतालमा उपचारकै क्रममा दुईजनाको मृत्यु

    नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुईजना डेंगुका बिरामीको मृत्यु भएको छ । बर्दियाको बढैयाताल गाउँपालिका ८ का ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका ६ कैलालीकी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. बद्री चापागाईंले जानकारी दिए ।

    images

    उनकाअनुसार, ८६ वर्षीय पुरुष भदौ १४ गते र १२ वर्षीया बालिका १९ गते भर्ना भएका थिए । ८६ वर्षीय वृद्धमा दमको कारण श्वासप्रश्वासमा समस्या देखिएकाले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो ।

    दुवैजनाको उपचारकै क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो । भेरी अस्पतालमा अहिले डेंगु संक्रमित बिरामी उपचारका लागि आउनेक्रम बढिरहेका छन् । पहिलोपटक डेंगुको संक्रमण सामान्य भए पनि दोस्रोपटक कडा हुने भएकाले सङ्क्रमण फैलिनसक्ने डा. चापागाईंले बताए । बाँकेमा डेंगु संक्रमण फैलिन नदिन नेपालगन्ज उपमहानगरले लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।

    समुदायस्तरमा सचेतना सँगसँगै लामखुट्टेको लार्भा नष्ट पार्ने अभियान भइरहेको उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।