आफू निर्दोष रहेकाले कानुनी उपचारका लागि सहयोग गर्न सन्दीपले गरे क्यानसँग आग्रह

आफू निर्दोष रहेकाले कानुनी उपचारका लागि सहयोग गर्न सन्दीपले गरे क्यानसँग आग्रह


  • 4.8K
    SHARES
    • भाद्र २३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    आफू निर्दोष रहेकाले कानुनी उपचारका लागि सहयोग गर्न सन्दीपले गरे क्यानसँग आग्रह

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको भन्दै नेपाल क्रिकेट संघ (क्यान)सँग कानुनी उपचारका लागि सहयोग गर्न आग्रह गरेका छन । 

    images

    जबरजस्ती करणीको आरोप लागेपछि क्यानले सन्दीपसँग संपर्क गरेको थियो । सोहि क्रममा लामिछानेले आफू निर्दोष रहेको भन्दै कानुनी उपचारका लागि सहयाेग गर्न क्यानसँग आग्रह गरेको क्यानले जनाएको छ । 

    हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् । केन्याविरुद्धको टी-ट्वान्टी सिरिजपछि उतैबाट वेस्ट इन्डिज पुगेका सन्दीपविरुद्ध एक व्यक्तिले आफ्नी १७ वर्षीया नाबालिका बहिनीलाई यही भदौ ६ गते जबरजस्ती करणी गरेको आरोपसहित मंगलबार प्रहरीमा जाहेरी दिएका छन् ।

    साेहि विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ । बुधबार बसेकाे क्यानकाे बैठकले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा तत्काल केही नगर्ने बताएकाे थियाे ।

  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने

  • तेस्रो आँखा
    लेखकबाट थप