• ट्रेण्डिङ्ग :
हामी कसैलाई हराउनभन्दा सिंगो पार्टीलाई विजयी बनाउन चाहन्छौं : गगन थापा

हामी कसैलाई हराउनभन्दा सिंगो पार्टीलाई विजयी बनाउन चाहन्छौं : गगन थापा


  • 10.3K
    SHARES
    • मंसिर २६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 15.9K Views

    हामी कसैलाई हराउनभन्दा सिंगो पार्टीलाई विजयी बनाउन चाहन्छौं : गगन थापा

    काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसकाे महामन्त्रीका उम्मेदवार गगन थापाले आफूहरु कसैलाई हराउन उम्मेदवार नभएको बताएका छन् । 

    images

    आइतबार महाधिवेशनको निर्वाचनको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरु पार्टीमा कसैलाई पराजित गर्न नभइ जितेर सिंगो पारंटीलाई वजयी बनाउन चाहिरहेको बताए । 

    'कसैलाई हामी हराउँदै छैनौं । हामी जितेर सिंगो पार्टीलाई विजयी बनाउन चाहन्छौं' उनले भने । 

    यो कांग्रेस भित्रै प्रतिस्पर्धा भएको भन्दै भृकुटीमण्डपमा भेला भएका मतदाताको हातमा आफूहरुको भाग्य रहेको बताए । 

    'भोलि हाम्रो भाग्य के हुने भन्ने छ  न अनुपम न वालुवाटारमा बसेर हुन्छ। हाम्रो तागत भृकुटीमण्डपमा छ' उनले भने । 

     

  • सम्बन्धित विषय:

  • # गगन थापा

  • तेस्रो आँखा