काठमाडौं अदालतले दियो सन्दीपलाई पक्राउ गर्न अनुमति, के होला सजाय ?

काठमाडौं अदालतले दियो सन्दीपलाई पक्राउ गर्न अनुमति, के होला सजाय ?


  • 6.6K
    SHARES
    • भाद्र २३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    काठमाडौं अदालतले दियो सन्दीपलाई पक्राउ गर्न अनुमति, के होला सजाय ?

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ । 

    images

    बालिका करणीको अभियोग लागेका उनलाई बिहीबार काठमाडौं जिल्ला अदालतले पक्राउ गर्न अनुमति दिएको हो । करणीको अभियोग लगाएपछि प्रहरीले सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी गर्न अदालतलाई निवेदन दिएको थियो ।

    हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् । केन्याविरुद्धको टी-ट्वान्टी सिरिजपछि उतैबाट वेस्ट इन्डिज पुगेका सन्दीपविरुद्ध एक व्यक्तिले आफ्नी १७ वर्षीया नाबालिका बहिनीलाई यही भदौ ६ गते जबरजस्ती करणी गरेको आरोपसहित मंगलबार प्रहरीमा जाहेरी दिएका थिए।

     

  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने

  • तेस्रो आँखा
    लेखकबाट थप