रामचन्द्र र शशांकको आशीर्वाद हामीलाई छ : डा. शेखर कोइराला

रामचन्द्र र शशांकको आशीर्वाद हामीलाई छ : डा. शेखर कोइराला


  • 7.9K
    SHARES
    • मंसिर २६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    रामचन्द्र र शशांकको आशीर्वाद हामीलाई छ : डा. शेखर कोइराला

    काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा.शेखर कोइरालाले आफूहरुलाई वरिष्ठ नेता रामचन्द्र पौडेर र शशांक कोइरालाको आशीर्वाद रहेको बताएका छन् । 

    images

    आइतबार आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवार कोइरालाले आफूले रामचन्द्र पौडेलका लागि सभापति छाडेको भए पनि सहमति जुट्न नसकेका कारण पुन सभापति उठेको दाबी गर्दै उनको आशीर्वाद आफूहरुलाई रहेको बताए । उनले पौडेल कांग्रेसको सम्मानित नेता रहेको बताए । 

    ‘रामचन्द्र पौडेल हाम्रो वरिष्ठ नेता हुनुहन्छ, शशांक कोइराला महामन्त्री हुनुहुन्छ’, कोइरालाले भने, ‘ उहाँहरुको आशीर्वाद हामीले प्राप्त गरेका छौँ । हामीले भेटेका पनि छौँ । सबै टीमलाई उहाँहरुको आशीर्वाद छ ।’

    उनले आफूले जिते सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।