प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन तयारी
म्यादी प्रहरीमा भर्ना : कहिले दिने आवेदन ? रेकर्ड राम्रो भए पुरानालाई प्राथमिकता !

म्यादी प्रहरीमा भर्ना : कहिले दिने आवेदन ? रेकर्ड राम्रो भए पुरानालाई प्राथमिकता !


  • 6.3K
    SHARES
    • भाद्र २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    म्यादी प्रहरीमा भर्ना : कहिले दिने आवेदन ? रेकर्ड राम्रो भए पुरानालाई प्राथमिकता !

    काठमाडौं । सरकारल‍े मंसिर ४ गते हुने चुनावका लागि म्यादी प्रहरीमा पुन: भर्ना खुलाउने भएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने तयारी गरिएको हो ।

    images

    गृह मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोट गर्नेबारे मापदण्ड स्वीकृत गरेको छ । स्वीकृत कार्यविधिअनुसार प्रहरी प्रधान कार्यालयले भदौ २६ मा पत्रिकामा सूचना प्रकाशन गर्नेछ । भदौ ३० देखि असोज ६ गतेसम्म आवेदन दिन सकिने गरी कार्यविधि स्वीकृत भएको छ । कार्यविधिअनुसार असोज ९ देखि १४ सम्म छनोट प्रक्रिया पूरा गरिसक्नुपर्नेछ । म्यादी प्रहरीको नतिजा असोज २५ प्रकाशन गर्ने तयारी छ ।

    गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई पहिलो प्राथमिकता दिनेगरी कार्यविधि पारित गरिएको छ । गत निर्वाचनमा खटिँदा रेकर्ड राम्रो भएकाहरुले तालिम र परीक्षामा पनि सहुलियत पाउँछन् ।

    अर्थ मन्त्रालयले एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न गृह मन्त्रालयलाई सहमति दिएको छ । म्यादीको कार्यवधि ४० दिनको हुनेछ । चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र र सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहन्छ । म्यादी प्रहरीले प्रहरीको प्रत्यक्ष मातहतमा रहेर काम गर्छ ।

    प्रहरीले स्थानीय तह चुनावमा एउटा केन्द्रमा तीन प्रहरी र अरु म्यादी प्रहरी खटाएको थियो । यस्तै, आगामी चुनावमा ३२ हजार सशस्त्र प्रहरी र कर्मचारी खटाउने तयारी भएको छ । गृह मन्त्रालयले स्थानीय तहको निर्वाचनमा खटिएका भन्दा धेरै सुरक्षाकर्मी खटाउने योजना रहेको जनाएको छ ।

    के-के चाहिन्छ योग्यता ?
    मापदण्डअनुसार म्यादी प्रहरी हुन १८ वर्ष पूरा गरी ५४ वर्ष ननाघेको हुनुपर्नेछ । साधारण लेखपढ गर्न जान्ने र कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

    कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको र शारीरिक र मानसिक रुपले तन्दुरुस्त रहेको हुनुपर्ने पनि भनिएको छ । यसरी नियुक्त भएका म्यादी प्रहरीले जनपथ प्रहरीसँग मिलेर काम गर्नुपर्नेछ ।

    काम छाडेर वा अरुलाई जिम्मा लगाएर कतै जान वा भाग्न पनि रोक लगाइएको छ । बीचमा काम छाडेर हिँडे वा जिम्मेवारी पूरा नगरे सुविधा रोक्का हुने मापदण्डमा उल्लेख छ । कुनै म्यादी प्रहरीले जानाजान सरकारी सम्पत्तिको हानि गरे उसैबाट असुल गरिने पनि उल्लेख गरिएको छ ।