• ट्रेण्डिङ्ग :
प्रचण्ड-ऋषि कटाक्ष : ऋषिले भने- कांग्रेससँग भाग मागेर उत्पीडितवर्गले मुक्ति पाउँदैन

प्रचण्ड-ऋषि कटाक्ष : ऋषिले भने- कांग्रेससँग भाग मागेर उत्पीडितवर्गले मुक्ति पाउँदैन


  • 4.9K
    SHARES
    • भाद्र २३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    प्रचण्ड-ऋषि कटाक्ष : ऋषिले भने- कांग्रेससँग भाग मागेर उत्पीडितवर्गले मुक्ति पाउँदैन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलबीच बिहीबार एक कार्यक्रममा कटाक्षको दोहोरी नै चल्यो । एक-अर्काले आरोप-प्रत्यारोप लगाए ।

    images

    सहिद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान नेपालले बिहीबार काठमाडौंमा गरेको २४औँ सहिद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (वैरागी) स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रममा पहिले नेकपा अध्यक्ष कट्टेलले प्रचण्डलाई लक्षित गर्दै प्याच्च बोले । उनले नेपाली कांग्रेससँग भाग मागेर उत्पीडित वर्ग र समुदायको मुक्ति नहुने टिप्पणी गरेका थिए । 

    कट्टेलको टिप्पणीको जवाफ दिँदै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई एक बनाउँदा फुटाउन अदालत गएको भन्दै कट्टेलप्रति असन्तुष्टि व्यक्त गरे । उनले तत्कालीन नेकपा फुटाउन अदालत जानेले संविधान र गणतन्त्रको रक्षाका लागि गरिएको कामलाई गलत भन्न नहुने जिकिर गरेका छन् । अध्यक्ष प्रचण्डले कट्टेललाई जनक्रान्तिको बेलामा कहाँ हुनुहुन्थ्यो ? किन त्यो आदर्शमा लाग्नुभएन ? भन्ने प्रश्नसमेत गर्न भ्याए  । 

    तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्धमा मुद्दा हालेर पार्टी फुटाइदिएको भन्दै नेकपाका अध्यक्ष कट्टेलप्रति प्रचण्डले कटाक्ष गरे । अध्यक्ष दाहालभन्दा अगाडि कट्टेलले मन्तव्य राखेका थिए । नेपालको कम्युनिस्ट आन्दोलनलाई एक बनाउनुपर्छ भन्दा यसलाई फुटाउनुपर्छ भनेर अदालतमा जाने तपाईं होइन भन्दै प्रचण्डले अहिले कांग्रेससँग मिल्यो भनेर तपाईंले भन्न मिल्छ ? भन्ने प्रश्न गरे ।  संविधान र गणतन्त्रको रक्षाका लागि कांग्रेससँग मिलेको प्रचण्डको भनाइ थियो ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # ऋषि कट्टेल

  • तेस्रो आँखा