वरिष्ठ नेता पौडेलको सन्देशः विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आर्दश र मूल्यलाई जोगाऔं

वरिष्ठ नेता पौडेलको सन्देशः विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आर्दश र मूल्यलाई जोगाऔं


  • 8.6K
    SHARES
    • मंसिर २६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 13.3K Views

    वरिष्ठ नेता पौडेलको सन्देशः विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आर्दश र मूल्यलाई जोगाऔं
    • तेस्रो आँखा डेस्क

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू प्रतिस्पर्धाबाट बाहिरिए पनि लोकतान्त्रिक प्रतिस्पर्धाको आर्दश र मूल्यलाई जोगाउन आफ्ना समूहकालाई आग्रह गरेका छन् ।  

    images

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हुन लागेको निर्वाचनको लागि उम्मेदवारको अन्तिम नामावली   सार्वजनिक भएको दिन वरिष्ठ नेता पौडेलले आफ्ना पक्षकालाई विविकपूर्ण मतदान गर्न आग्रह गरेका हुन् ।   

    पौडेलले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् 'आस्था र निष्ठाको राजनीति', 'प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान साथीहरुले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आर्दश र मूल्यलाई जोगाउनु हुनेछ भन्ने शुभेच्छा व्यक्त गर्दछु ।' 

    महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी दिने चर्चा चलिरहेकाबेला अन्नतमा पौडेलले सभापतिमा उम्मेदवारी दिन पछि हटेका हुन् । आफ्नो फरक गुट बनाएर संस्थापन इतर समूहबाट पौडेलले साझा उम्मेदवार चयन गर्ने अथक प्रयास गरेका थिए । सहमति जुट्न नसकेपछि उनीहरुले छुट्टाछ्ट्टै उम्मेदवारी दिएका हुन् । संस्थापन इतरको गुट भंग भएर  डा. शेखर कोइरालाल र प्रकाशमान सिंहको फरक प्यानल बनेको छ । 

    तर पौडेलले भने चुनावी मैदानबाट पछाडी हटेका छन् उनले केन्द्रीय सदस्य समेत नरहने गरि कार्यसमितिबाट बाहिरिने निर्णय गरेका छन् । निर्वाचनको तयारी गरिरहका प्रतिनिधिहरुलाई पौडेलले विवेक पुरयाएर मतदान गर्न आग्रह गरेका हुन् ।  यस्तै उनले शनिबार विज्ञप्ती जारी गरेर आँफू सभापतिको रेसबाट बाहिरिएको जनाएका थिए । तर पार्टी भित्रका विकृति विरुद्ध भने आफ्नो लडाइँ जारी रहने बताएका थिए । 

    ramchandra paudel.JPG