राष्ट्रपति भण्डारीले गरिन् ४ राजदूत नियुक्त

राष्ट्रपति भण्डारीले गरिन् ४ राजदूत नियुक्त


  • 4.8K
    SHARES
    • भाद्र २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    राष्ट्रपति भण्डारीले गरिन् ४ राजदूत नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि गैरआवासीय र दुई देशका लागि आवासीय नेपाली राजदूत नियुक्त गरेकी छन् ।

    images

    राष्ट्रपति भण्डारीले संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा. श्रीधर खत्रीलाई कोस्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत नियुक्त गरेकी हुन् ।

    त्यसैगरी  राष्ट्रपति भण्डारीले हरिश्चन्द्र घिमिरेलाई म्यानमारका लागि र डिल्लीराज पौडेललाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् । 

    नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई सो जिम्मेवारी दिइएको प्रवक्ता  आचार्यले विज्ञप्तिमार्फत जनाएका छन् ।

    Bidhya.jpg