• ट्रेण्डिङ्ग :
गृहमन्त्री लिएर देउवा किन पुगे चितवन ?

गृहमन्त्री लिएर देउवा किन पुगे चितवन ?


  • 4.4K
    SHARES
    • भाद्र २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.8K Views

    गृहमन्त्री लिएर देउवा किन पुगे चितवन ?

    चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आएका छन् । नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन आएका हुन् ।

    images

    नेपाली सेनाको हेलिकोप्टरबाट उनी चितवन आएका हुन् । प्रधानमान्त्री देउवाले आज चितवन कांग्रेसका जिल्ला नेता कार्यकर्तासँग भेट गर्ने कार्यक्रम छ । यससँगै दिउँसो १२ बजे विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने अभियानको समापन एवं सम्मान कार्यक्रममा सहभागी भएर दिउँसो २ बजे उनी काठमाडौं फर्कने कार्यक्रम छ । उनीसँगै गृहमन्त्री बालकृष्ण खाण पनि चितवन आएका छन् ।