म्याद थपका लागि सरकारी वकिल कार्यालय लैजान खोजिएका कैदीबन्दी फरार

म्याद थपका लागि सरकारी वकिल कार्यालय लैजान खोजिएका कैदीबन्दी फरार


  • 8.5K
    SHARES
    • भाद्र २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    म्याद थपका लागि सरकारी वकिल कार्यालय लैजान खोजिएका कैदीबन्दी फरार

    देउखुरी । म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत लैजाने तयारी रहेका अवस्थामा एकजना कैदीबन्दी बिहीबार वकिल कार्यालयबाट भागेका छन्  ।

    images

    सुन चोरीको आरोपमा पक्राउ परेका घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा शौचालय जाने निहुँमा बिहीबार भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए । 

    उनले सरकारी वकिल कार्यालयको दोस्रो तल्लाबाट हामफालेर बन्दी भागेको जानकारी दिए । शौचालय गएका विश्वकर्मा धेरै समयसम्म पनि बाहिर नआएपछि ढोका फोरेर हेर्दा फेला नपरेको उनले बताए ।

    ‘शौचालयको झ्याल हातले निकाल्न मिल्ने खालको रैछ निकालेर भागेछ’, उनले भने । म्याद थपका लागि अदालत लैजान कागजपत्र तयार गर्दै गर्दा सरकारी वकिल कार्यालयबाट बन्दी भागेको र  खोजी भइरहेको  प्रनाउ गौतमले बताए । विश्वकर्मालाई यही यही भदौ २२ मा  प्रहरीले पक्राउ गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # दाङ

  • तेस्रो आँखा
    लेखकबाट थप