काठमाडौं । सरकारले यही हप्तादेखि व्यावसायिक गाडीमा युरो–६ मापदण्डको इन्धन लागू गर्ने भएको छ। नेपाल उद्योग परिसङ्घले शुक्रवारआयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै वन तथा वातावरण मन्त्री प्रदीप यादवले सो कुरा बताएका हुन् । सरकारले गाडीबाट हुने वातावरण प्रदूषणको युरोपियन मापदण्ड युरो-६ लागू गर्न लागेको पनि उनले जनाए । प्रधानमन्त्री शेरबहादुर देउवाले गएको कोपामा सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने प्रतिबद्धता कार्यान्वयन गर्नका लागि सरकारले यही हप्ताभित्र कमर्सियल गाडीमा युरो६ लागू गर्ने मन्त्री यादवले जनाए ।
युरो ६ लागू गर्नका लागि सबै प्रक्रिया तयारी भएकाले यही हप्ताभित्र मन्त्रिपरिषद्ले निर्णय गरिने भएको छ । भारतमा २०२० मा नै युरो–६ लागू भएर अहिले युरो–८ लागू गर्ने तयारीमा रहेको बेला नेपालमा अझै युरो–३ चलाइरहेको मन्त्री यादवले जनाए । उनले भुटानमा समेत कार्बन उत्सर्जन कम गर्न युरो–६ लागू गर्न लागेको समेत जानकारीगराए ।
