एलिजाबेथको निधनमा ज्ञानेन्द्र शाहको सन्देश- नेपालप्रतिको अगाध आत्मीयता सदैव स्मरणीय

एलिजाबेथको निधनमा ज्ञानेन्द्र शाहको सन्देश- नेपालप्रतिको अगाध आत्मीयता सदैव स्मरणीय


  • 5.1K
    SHARES
    • भाद्र २५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    एलिजाबेथको निधनमा ज्ञानेन्द्र शाहको सन्देश- नेपालप्रतिको अगाध आत्मीयता सदैव स्मरणीय

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन खबरले आफूलाई दुःखी बनाएको बताएका छन् । बेलायती महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । 

    images

    पूर्वराजा ज्ञानेन्द्रका तर्फबाट उनका संवाद सचिव डा. फणिराज पाठकले शुक्रबार शोक सन्देश जारी गर्दै महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनताप्रति समवेदना प्रकट गरेका छन् । 

    महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनताप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ,’ शोक सन्देशमा उल्लेख छ । 

    सात दशक राजगद्दीमा बसेर शालीन र उच्च राजकीय मूल्य निर्वाह गरेको र नेपालप्रति देखाएको अगाध आत्मीयता स्मरण भइरहने पूर्वराजा ज्ञानेन्द्रले उल्लेख गरेका छन् । 

    पूर्वराजा ज्ञानेन्द्रले जारी गरेको शोक सन्देश 
    संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयाको निधनको खबर सुनेर हामीलाई दुःख लागेको छ । स्वर्गीय महारानी राजगद्दीमा ७ दशक अवधि विराज भएर उहाँले शालीन र उच्च राजकीय मूल्य निर्वाह गरिबक्सेको कुरा सदा स्मरणीय छ । साथै नेपालप्रति उहाँको अगाध आत्मीयता पनि सदा उल्लेख्य छ ।

    नेपाल र संयुक्त अधिराज्यबीच दुई शताब्दिभन्दा बढी समयदेखि स्थापित भएको दौत्य सम्बन्धको स्मरण गर्दै विभिन्न भ्रमणका अवसरमा स्वर्गीय महारानीसँगको भेट वार्तालाई गहनतम प्राथमिकता दिएका छौं ।

    उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनता प्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।

    GYANENDRA.png