• ट्रेण्डिङ्ग :
डोटीबाट सिफारिस भए सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट

डोटीबाट सिफारिस भए सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट


  • 6.0K
    SHARES
    • भाद्र २५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    डोटीबाट सिफारिस भए सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट

    अत्तरिया । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्रले भट्टलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो । 

    images

    पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ पाँचजनाको नाम सिफारिस गरेको छ । खस आर्यबाट त्रिलोचन भट्ट, जनजातिबाट डम्बर घर्तीमगर, दलितबाट जंग विक, जगत सोव र महिलाबाट अन्जिता श्रेष्ठलाई सिफारिस गरिएको हो । 

    त्यस्तै प्रदेशसभा क र ख दुवै क्षेत्रका लागि प्रत्यक्षतर्फ तीन/तीनजना सिफारिस भएका छन् । प्रदेशसभा ‘क’का लागि भरत बोहरा योगेन्द्र, रमेश नागरी र बलबहादुर ओली सिफारिस भएका छन् भने ‘ख’ का लागि शिव सिंह ओली, मीनबहादुर घर्ती विश्व र प्रेम कुँवर प्रख्यात सिफारिस भएका छन् ।

    समानुपातिकमा प्रदेशसभा ‘क’ तर्फ गीता सोव नेपाली, पूर्णराज जोशी र कृष्ण विकलाई सिफारिस गरिएको छ । प्रदेशसभा ‘ख’ तर्फ सिद्धराज विक विश्वप्रकाश, प्रेमा ओली, नन्दलाल विक, दिलीप कठायत, लक्ष्मणलाल योगी, चन्द्रा भूल, कर्ण नेपाली, शान्ति चुनारा र शारदा विक सिफारिस भएका छन् ।

  • सम्बन्धित विषय:

  • # त्रिलोचन भट्ट

  • तेस्रो आँखा