बैतडीमा ४.२ रेक्टरस्केलको भूकम्प

बैतडीमा ४.२ रेक्टरस्केलको भूकम्प


  • 508
    SHARES
    • कार्तिक ९, २०८३ आइतबार
    • १ हप्ता अघि
    • 781 Views

    बैतडीमा ४.२ रेक्टरस्केलको भूकम्प

    बैतडी, कात्तिक ८ गते । बैतडीको डिलासैनी केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको छ । आइतबार दिउँसो १ः०६ बजे डिलासैनी गाउँपालिका –३, रुद्रेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको हो । 

    images

    नेपाल–भारत सिमाक्षेत्र नजिकै रहेको यस स्थानलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पुष्टि गरेको छ । 

    भूकम्पको धक्का केन्द्रविन्दुसहित बैतडी र दार्चुलाका आसपास क्षेत्रहरूमा सर्वसाधारणले महसुस गरेका छन् । भूकम्पले भौतिक वा मानवीय क्षति गरेको विवरण प्राप्त नभएको गाएँपालिका अध्यक्ष सन्तोष जोशीले बताउनुभयो । सुदूरपवश्चिम भूकम्पको उच्च जोखिममा रहेको भूकम्पविद्ले औल्याएका छन् । 

     


    तेस्रो आँखा