काठमाडौं। प्रतिनिधिसभाको बैठक शनिबार बस्न सकेन। संसद सचिवालयले दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणवस स्थगित गरिएको जनाएको हो । बैठक बस्न नसकिने भएकाले सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गरेको सचिवालयले जनाएको हो।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले एक सूचना जारी गर्दै बैठक पुन: भदौ २९ गते बुधबार बिहान ११ बस्ने गरी तय गरिएको जानकारी गराएका छन् । बुधबार बसेको बैठकले राष्ट्रियसभाबाट पारित भएर सन्देशसहित आएको मिडिया काउन्सिल विधेयकलाई दफावार छलफल गर्न संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको थियो ।
