तेस्रोआँखा डेस्क
काठमाडौँ,मंसिर २७ । सभापति दौडबाट बाहिरिएपछि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न सभापति शेरबहादुर देउवा पौडेल निवास पुगे । सभापति देउवाले पौडेललाई कांग्रेस राजनीतिमा निष्कृय नरहन सुझाव दिए । तर यहि भेटलाई पौडेल पनि देउवा समुहमा सामेल भएको भनेर प्रचार गरियो । जुन निराधार हल्ला रहेको पौडेल परिवार स्रोतले जनाएको छ ।
पौडेलका छोरा चिन्तन पौडेलले आफ्ना बाबु रामचन्द्र देउवा समूहमा समाहित भएको भनेर गरिएको हल्ला निराधार रहेको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘सभापति शेरबहादुर देउवालाई बुवाले समर्थन गरेको भनेर लेखिएको कुरा भ्रामक हो ।’
पौडेल निकटस्थ नेताहरुले यो प्रचारबाजीलाई अर्को पक्षले चुनाव जित्ने नियोजित रणनीति बनाएको बिश्लेषण गरेका छन् । देउवासंगै मिलेको भनेर पौडेल पक्षीय मत आफ्नो पोल्टामा पार्न सकिने गरि मतदाताहरुलाई प्रभावित पार्न खोजिएको एक नेताले बताएका छन् ।
यसैगरी, पौडेलको नाम जोडेर उनको समूहका अन्य नेताहरुका बीचमा फूट ल्याउने प्रयत्न गरिएको ति नेताले बताए । ‘उहाँ कतै पनि कोहीसँग मिल्न जानुभएको छैन,’ एक नेताले भने ‘गलत प्रचार बाजी गरेर चुनावको परिणाम आफ्नो पोल्टामा हाल्न खोजिएको मात्रै हो ।’
