काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पस तनावग्रस्त भएको छ । नेविसंघ आबद्ध विद्यार्थी र प्रहरीबीच ढुंगा हानाहान हुँदा तनावग्रस्त भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलो गरेको भन्दै विरोध प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ता र प्रहरीबीच आइतबार बिहान झडप भएको छ । नेविसंघले राष्ट्रपति भण्डारीको पुतला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुंगा प्रहार गरेपछि दोहोरो भिडन्त भएको हो ।
