रामचन्द्रले शेखरलाई भने ‘भ्रामक हल्लाका पछाडि नलागौं, म तपाइसँगै छु’

रामचन्द्रले शेखरलाई भने ‘भ्रामक हल्लाका पछाडि नलागौं, म तपाइसँगै छु’


  • 7.2K
    SHARES
    • मंसिर २७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    रामचन्द्रले शेखरलाई भने ‘भ्रामक हल्लाका पछाडि नलागौं, म तपाइसँगै छु’

    तेस्रोआँखा डेस्क
    काठमाडौँ,मंसिर २७ । नेपाली कांग्रेस सभापति पदका उम्मेदवार डा. शेखर कोइरालाले बरिष्ठ नेता रामचन्द्र पौडेलसंग भेट गरेका छन् । मतदान हुने दिन आज बिहानै कोइरालाले पौडेललाई भेट गरेका हुन् । भेटका नेता पौडेलले कोइरालालाई जीतका लागि शुभकामना दिएका थिए ।

    images

    ‘तपाइलाई जीतको लागि शुभकामना छ,’पौडेलले भने ‘मेरो समर्थन तपाइलाई नै हो, यसमा कुनै शंका मान्नु पर्दैन ।’ सभापति देउवासंग मिलेको भनेर फैलाईएको हल्ला प्रति पौडेलले निराधार हल्लाको पछाडी नलाग्न पनि कोइरालालाई सुझाव दिए ।

    निर्वाचनका क्रममा यस्ता हल्लाहरु स्वाभाविकै रुपमा चल्ने भन्दै पौडेलले भने ‘यस्ता भ्रामक हल्लाका पछाडी लाग्नु हुँदैन,यस्ता हल्लाहरु निर्वाचनका बेला चल्छन् ।’

    आफूले आफ्नो समुहबाट उकल उम्मेदवारी दिने अनेक प्रयत्न गरेको भएपनि सफल हुन नसकेको भन्दै पौडेलले आफ्नो समर्थन कोइरालालाई नै रहेको बताए । ‘प्रकाशमान र तपाइ मध्य एउटा मात्रै उम्मेदवार बन्नु पर्छ भन्ने मेरो भनाई थियो, सफल हुन सकिएन,’ पौडेलले भने ‘तपाई अगाडी बढ्नुस् म तपाई संगै छु ।’ 

     


    तेस्रो आँखा