• ट्रेण्डिङ्ग :
४ घण्टा बसेको सत्तारुढ शीर्ष नेताको बैठक निष्कर्षविहीन, कार्यदलको बैठक जारी

४ घण्टा बसेको सत्तारुढ शीर्ष नेताको बैठक निष्कर्षविहीन, कार्यदलको बैठक जारी


  • 5.6K
    SHARES
    • भाद्र २६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    ४ घण्टा बसेको सत्तारुढ शीर्ष नेताको बैठक निष्कर्षविहीन, कार्यदलको बैठक जारी

    काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको विषय आज पनि बिना निष्कर्ष टुंगिएको छ । 

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ गठबन्धनको बैठक सिट बाँडफाँटमा सहमति नजुटेपछि स्थगित गरिएको हो । लगभग ४ घण्टा लामो बैठक बिना निष्कर्ष सकिएपछि दलहरुमा भागबण्डाको सहमति कहिले जुट्छ भन्ने विषय थप अन्यौलमा परेको छ । बैठकमा सिट बाँडफाँटको लागि गठित कार्यदलले हालसम्म भएका प्रगतिबारे शीर्ष नेतालाई जानकारी गराएको थियो ।

    बैठकमा सिट बाँडफाँटको लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वमा गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदनमाथी छलफल भएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए । लगभग ५० प्रतिशत सिटबाँडफाँटको विषय टुंगिएको र अर्को बैठक सोमबार बिहान ८ बजे पुनः बस्ने बताइएको छ ।

    कार्यदलले करिब ९० सिटमा सहमति जुटाईसकेको दाबी गरिएको छ । बाँकी ७५ सिटमा दलहरूबीच विवाद छ । ७५ सिटमा गठबन्धन आबद्ध दलहरुका दाहोरो तेहोरो दाबी परेको छ । बिहान बसेको शीर्ष नेताहरुको बैठकपनि बिनानिष्कर्ष टुंगिएपछि विवादीत विषयमा सहमति जुटाउने प्रयासस्वरुप दिउँसो ३ बजेदेखि कार्यदलको बैठक बसिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # सत्तारुढ गठबन्धन

  • तेस्रो आँखा
    लेखकबाट थप