काठमाडौं । आगामी निर्वाचनका लागि सिटबाँडफाँडको टुंगो लगाउन बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेतासहितको बैठक बिना निष्कर्ष सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान् नौ बजेदेखि सुरु भएको बैठक लगभग नौ घण्टा बसेपनि बिना निष्कर्ष टुंगिएको हो ।
बैठकमा छलफल लामो सयम भएपनि निष्कर्षमा भने पुग्न नसकेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सिटसंख्या र निर्वाचन क्षेत्रका बारेमा कुराकानी राम्रै भए पनि स्पष्ट नभइसकेको उल्लेख गरे ।
सत्तारुढ पाँचदलीय गठबन्धनबीच सिट बाँडफाँटको टुंगो लगाउने प्रयास लामो समयदेखि भइरहेकाे छ । तर सिट संख्याभन्दा दलहरुको दाबी बढी हुँदा भागबण्डामा सहमति जुट्न सकेको छैन ।
