कांग्रेसको निर्वाचनः फोटो खिच्न नदिइएकोमा पत्रकार महासंघका अध्यक्षको आपत्ति 

कांग्रेसको निर्वाचनः फोटो खिच्न नदिइएकोमा पत्रकार महासंघका अध्यक्षको आपत्ति 


  • 10.6K
    SHARES
    • मंसिर २७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 16.3K Views

    कांग्रेसको निर्वाचनः फोटो खिच्न नदिइएकोमा पत्रकार महासंघका अध्यक्षको आपत्ति 
    तेस्रोआँखा डेस्क
    काठमाडौं, मंसिर २७ । नेपाली कांगेसको महाधिवेशन अन्तर्गत आज हुँदैगरेको निर्वाचनको समाचार संकलनका क्रममा फोटो पत्रकारह्रूलाई तस्बिर तथा दृश्य लिन ब्यवधान भएको प्रति नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएका छन् ।
     
    समाचार संकलनलाई सहज बनाउन र कुनै पनि ब्यवधान नगर्न उनले नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । 
     
    फोटो पत्रकारहरूले निर्वाचन स्थलमा ‘क्यामेरा डाउन’ गरेपछि प्रतिक्रिया दिंदै अध्यक्ष पोख्रेलले यस्तो कार्यले निर्वाध समाचार संकलन गर्ने पत्रकारको दायित्वलाई ध्यान दिँदै आवश्यक वातावरण मिलाउन पनि कांग्रेसलाई भनेका छन् ।


    तेस्रो आँखा