४३ वटै प्रश्नको जवाफ दिएर बाहिरिए जबरा, समितिको बैठक भने जारी

४३ वटै प्रश्नको जवाफ दिएर बाहिरिए जबरा, समितिको बैठक भने जारी


  • 4.3K
    SHARES
    • भाद्र २८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    ४३ वटै प्रश्नको जवाफ दिएर बाहिरिए जबरा, समितिको बैठक भने जारी

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग बयान सकिएको छ । महाभियोग सिफारिस समितिले मंगलबार तयार पारेका ४३ वटै प्रश्नको जवाफ दिएपछि बयान सकिएको हो । 

    images

    ३५ वटा प्रश्नको जवाफ आइतबारसम्मै दिएका जबराले प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस विशेष समितिले तयार पारेको ४३ वटै प्रश्नको जवाफ आज दिएका हुन् । जबरा समितिको जवाफ दिएर बाहिरिएको भएपनि समितिको बैठक भने जारी छ ।

    समितिले फेरि उनलाई बोलाउने कि के गर्ने भन्ने विषयमा कुनै निर्णय गरेको छैन । गत फागुन १ गते सत्ता पक्षका ९८ सांसदले २१ आरोप लगाउँदै राणाविरुद्ध महाभियोग दायर गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # महाभियाेग

  • तेस्रो आँखा
    लेखकबाट थप