• ट्रेण्डिङ्ग :
दोहोरो अंकले बढ्याे नेप्से, ९२ करोडभन्दा बढीको सेयर कारोबार

दोहोरो अंकले बढ्याे नेप्से, ९२ करोडभन्दा बढीको सेयर कारोबार


  • 4.8K
    SHARES
    • भाद्र २८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    दोहोरो अंकले बढ्याे नेप्से, ९२ करोडभन्दा बढीको सेयर कारोबार

    काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से सूचक दोहोरो अंकले बढेको छ । नेप्से २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा पुगेको छ । 

    images

    ३२ सयको विन्दुबाट १८०७ विन्दुसम्म झरेको सेयर कारोबार १९ सयको विन्दुमा आएइपुगेको छ । आजको दिन ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २३१ कम्पनीको ३१ लाख ४६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएकोमा ५ करोड ९४ लाख रुपैयाँभन्दा बढी कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ ।

    यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिडी पावर र हिमालयन एभरेष्ट इन्सुरेन्स परेका छन् । आज बोटलर्स नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसको सेयर मूल्य १९४ विन्दुले बढेर २ हजार १ सय ३६ रुपैयाँ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार

  • तेस्रो आँखा
    लेखकबाट थप