काठमाडौं । आज (बुधबार) महाभियोग सिफारिस समितिको बैठक बस्दै छ ।
बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिने बताइएको छ ।सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकमा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिने क्रम सकिएपछि पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन आज पुनः बैठक बोलाइएको हो ।
जबरालाई समितिले ४३ वटा प्रश्नावली तयार गरेको थियो जसमा मंगलबारको बैठकमा प्रश्न नम्बर ३६ देखि ४३ नम्बरसम्मको प्रश्नको जवाफ लिने काम भएको थियो ।
यस्तै निलम्बित प्रधानन्यायाधीश जबराले बयानको क्रममा आरोप लगाएका व्यक्तिहरूलाई पनि आवश्यक्ता अनुसार बयान लिने जनाइएको छ ।
