• ट्रेण्डिङ्ग :
प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची 

प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची 


  • 5.3K
    SHARES
    • भाद्र २९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची 

    काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ ।

    images

    बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । 

    राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन् । उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम तथ्यांक सम्बन्धी कानुनलाई संशोधन र एकीकरण बनेको विधेयक, स्टान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेकी हुन् ।

    राष्ट्रपतिको कार्यालयका अनुसार सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरिएको ले जनाएको छ ।

    कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने पनि आजको बैठकको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

    000735575Capture.jpg

     

  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा बैठक बस्दै

  • तेस्रो आँखा