• ट्रेण्डिङ्ग :
साफ यू–१९ च्याम्पियनशिप : उपाधिका लागि नेपाल र भारत भिड्दै

साफ यू–१९ च्याम्पियनशिप : उपाधिका लागि नेपाल र भारत भिड्दै


  • 4.9K
    SHARES
    • भाद्र २९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    साफ यू–१९ च्याम्पियनशिप : उपाधिका लागि  नेपाल र भारत भिड्दै

    काठमाडौं । श्रीलंकामा भइरहेको पुरुष साफ यू–१७ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् ।  श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स मैदानमा फाइनल खेल आज राति ८ः१५ बजे हुनेछ । 

    images

    सेमिफाइनल खेलमा आयोजक श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । यसैगरी भारत सेमिफाइनलमा बङ्गलादेशलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । भारतलाई पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्ने लक्ष्यका साथ नेपाली टोली मैदानमा उत्रनेछ । नेपाली टोलीलाई उपाधि उचाल्न सहज भने हुने छैन । साविक विजेता भारतको दाउ पनि नेपाललाई हराएर उपाधि रक्षा गर्ने रहेको छ ।

    नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतविरुद्धको खेलमा विजयी भइ च्याम्पियन बन्ने लक्ष्य रहेको बताए । यसअघि समूह चरणको खेलमा नेपालले भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । नेपाल अपराजित रहँदै फाइनल पुगेको हो ।  

  • सम्बन्धित विषय:

  • # साफ यू–१९ च्याम्पियनशिप

  • तेस्रो आँखा
    लेखकबाट थप