महाअभियोग सिफारिस समितिको निर्णय
जबरासँगको बयानका क्रममा नाम आएका बहालवाला न्यायाधीश पनि बोलाइँदै

जबरासँगको बयानका क्रममा नाम आएका बहालवाला न्यायाधीश पनि बोलाइँदै


  • 4.6K
    SHARES
    • भाद्र २९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.1K Views

    जबरासँगको बयानका क्रममा नाम आएका बहालवाला न्यायाधीश पनि बोलाइँदै

    काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयानका क्रममा नाम आएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको छ ।

    images

    सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणाले बयानका क्रममा नाम लिएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।

    ‘निलम्बित प्रधानन्यायाधीश राणासँग अनुसन्धानका लागि लिइएको बयानका क्रममा नाम जोडिएर आएका नाम संकलन गरी बोलाउछौं,’ उनले भने, ‘बयानमा नाम जोडिएर आएका बहालवाला न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्तालाई पत्राचार गर्ने निर्णय भएको छ ।’

    समितिको अर्को बैठक बिहीबार बिहान साढे ८ बजे बस्नेछ । निलम्बित प्रधानन्यायाधीश राणासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम मंगलबार सकिएको छ । समितिले यही भदौ ८ गते बयान लिने निर्णय गरी भदौ १६ देखि बयान लिन सुरु गरेको थियो भने मंगलबार पाँचौँ दिन पहिलो चरणको बयान सकिएको थियो ।  

    राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियो । राणाविरुद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले महाअभियोग पुष्टि गर्न ३४ बुँदे पत्र समितिलाई बुझाएको थियो । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ ।

    समितिले निलम्बनमा परेका प्रधानन्यायाधीशलाई प्रश्नहरू सोध्ने र राणाले प्रश्नको जवाफ दिने पहिलो चरणको क्रम सकिए पनि पूरक प्रश्न सोध्ने र बयानका क्रममा आएका व्यक्तिहरूसँग पुनः सवाल-जवाफ गर्ने समितिको तयारी छ ।

  • सम्बन्धित विषय:

  • # महाभियाेग

  • तेस्रो आँखा
    लेखकबाट थप