काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । दिउँसो १ बजेदेखि बस्ने भनिएको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको तय गरिएको थियो ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गरेकाे सङ्घीय संसद् सचिवालयले जनाएको छ। बैठक शुक्रबार बिहान ९ बजे बस्ने गरी स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।
