• ट्रेण्डिङ्ग :
‘अमेरिकाले एमसीसी पास गर्दाको व्याख्यात्मक टिप्पणी स्विकारेको भए देखाऊ’

‘अमेरिकाले एमसीसी पास गर्दाको व्याख्यात्मक टिप्पणी स्विकारेको भए देखाऊ’


  • 9.5K
    SHARES
    • भाद्र ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 14.6K Views

    ‘अमेरिकाले एमसीसी पास गर्दाको व्याख्यात्मक टिप्पणी स्विकारेको भए देखाऊ’

    काठमाडौं । नेकपा एमालेका नेता भीमबहादुर रावलले एमसीसी पास गर्दा राखिएको व्याख्यात्मक टिप्पणी अमेरिकाले स्वीकार गरेको भए सो पत्र देखाउन माग गरेका छन् । अनेरास्ववियु आरआर क्याम्पसले आयोजना गरेको कार्यक्रममा उनले व्याख्यात्मक टिप्पणीको नाममा एमसीसी परित गरेको भन्दै सो टिप्पणीलाई अमेरिकाले स्वीकार गरेकी पत्र पढ्न पाउनुपर्ने माग राखे । 

    images

    त्रिभुवन विश्वविद्यालयमा झन्डै एक वर्षदेखि तालाबन्दी गरेको स्मरण गर्दै रावलले विश्वविद्यालयमा नै तालाबन्दी हुनु उचित नभएको बताए । नेपालको सिमानाहरु मिचिएको भन्दै उनले यसलाई रोक्न जागरुक हुनुपर्ने उनले बताए । नेपालले कहिल्यै तिर्न नसकिने ऋण लिएर अगाडि बढ्न नसक्ने बताए । 

    अमेरिकी साझेदारी कार्यक्रम (एसपीपी) ले अमेरिकाको सैनिक अड्डा बनाउन खोजेको उनको आरोप थियो । `शेरबहादुर देउवा र गठबन्धन सरकारले देशलाई  एसपीपीको नाममा विदेशिको अखडा बनाउने कोसिस गरेका थिए,´ नेता रावलले भने, `यदि एसपीपी सम्झौतालाई नरोकिएको भए अहिले नेपाल यो अवस्थामा रहँदैन थियो ।´ उनले एसपीपी सम्झौता रोक्न भूमिका खेल्ने सबैलाई धन्यवाद दिए ।