• ट्रेण्डिङ्ग :
राष्ट्रियसभाबाट बिमा र सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

राष्ट्रियसभाबाट बिमा र सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित


  • 6.9K
    SHARES
    • भाद्र ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    राष्ट्रियसभाबाट बिमा र सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

    काठमाडौं । राष्ट्रियसभाको बिहीबारको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक पारित भएको छ । बैठकमा बिमा विधेयक-२०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक-२०७९ पारित भएका हुन् ।

    images

    विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितका ती विधेयक पारित गर्न राखिएको प्रस्तावमाथि छलफल हुँदा सर्वसम्मतरूपमा दुवै विधेयक पारित भएका हुन् ।

    दुवै विधेयकका प्रस्तावलाई अर्थमन्त्रीका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेस गरेकी थिइन् । राष्ट्रियसभाको अर्को बैठक भोलि (शुक्रबार) १२:५९ बजे बस्नेछ ।