आगामी चुनावमा एमालेसँग तालमेल हुन्छ : राप्रपा अध्यक्ष थापा

आगामी चुनावमा एमालेसँग तालमेल हुन्छ : राप्रपा अध्यक्ष थापा


  • 4.9K
    SHARES
    • भाद्र ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    आगामी चुनावमा एमालेसँग तालमेल हुन्छ : राप्रपा अध्यक्ष थापा

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी चुनावका लागि नेकपा एमालेसँग तालमेल हुने बताएका छन् । 

    images

    सप्तरी सदरमुकाम राजविराजमा बिहीबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष थापाले तालमेलका लागि एमालेका नेतासँग कुराकानी भइरहेको बताए । केही सिटमा एमालेसँग तालमेल हुने उनले बताएका छन् । यस्तै थापाले सबै प्रतिनिधि र प्रदेश सभा क्षेत्रमा आफ्ना उम्मेदवार खडा गर्ने जानकारी दिए ।

    पार्टी निर्माण भएको ६ महिनामै आफ्नो पार्टी ७७ जिल्लामै गठन भइसकेको बताउँदै उनले आफूले हिन्दु राष्ट्रको एजेन्डा नछोडेको बताए । हिन्दु राष्ट्रकै निम्ति आफूहरू लड्दै आएको र अहिले पनि त्यो एजेन्डाकै लागि काम गरिरहेको बताए ।

  • सम्बन्धित विषय:

  • # कमल थापा

  • तेस्रो आँखा