• ट्रेण्डिङ्ग :
डेङ्गी विरुद्ध टोल टोल वा सामूदायीकरुपमा नै सक्रिय भएर लाग्न बालेन्द्र शाहको अपिल

डेङ्गी विरुद्ध टोल टोल वा सामूदायीकरुपमा नै सक्रिय भएर लाग्न बालेन्द्र शाहको अपिल


  • 3.9K
    SHARES
    • भाद्र ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.0K Views

    डेङ्गी विरुद्ध टोल टोल वा सामूदायीकरुपमा नै सक्रिय भएर लाग्न बालेन्द्र शाहको अपिल

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले डेङ्गी विरुद्ध टोल टोल वा सामूदायीकरुपमा नै सक्रिय भएर लाग्न अपिल गरेका छन् । सामाजिक संजालमा एक पोष्ट गर्दै उनले यस्तो अपिल गरेका हुन् । 

    images

    उनले डेङ्गी भएको शङ्का लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने बताएका छन् ।  मेयर शाहले काठमाडौं महानगरपालिकाले डेङ्गी संक्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु भएको जानकारी दिँदै सङ्क्रमितले आवश्यक भएमा १०२ नम्बरमा फोन गरेर निस्शुल्क एम्बुलेन्स सेवा समेत लिन सकिने बताउका छन् ।

    यसैबीच, डेङ्गी तीव्र रुपमा फैलिएपछि काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले आउँदो असोज ३ गते परेको संविधान दिवसको अवसर  पारेर ‘स्टप डेङ्गी’ अभियान सञ्चालन गर्ने भएको छ ।

    टोल सुधार समिति र महिला समूहको सक्रियतामा ‘स्टप डेङ्गी’र‘लामखुट्टे भगाऔँ, डेङ्गु हटाऔंँ’ अभियान सञ्चालन गर्न लागेकाले सबैलाई सहभागी हुन महानगरपालिकाले अनुरोध पनि गरेको छ । काठमाडौं उपत्यकासहित देशभर डेङ्गीको संक्रमण फैलिएको छ । अझै दुई महिना डेङ्गीको उच्च जोखिम रहेकाले लामखुट्टे नियन्त्रणमा जोड दिइएको छ । लामखुट्टेको टोकाइबाट जोगिन विज्ञले आग्रह गर्दै आएका छन् ।

     

     


    तेस्रो आँखा