काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हराएको टुकुचा खोला खोज्ने साहसिक काम गरेको भन्दै काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता ढंगोललाई स्याबासी दिएका छन् ।
उनले ट्वीट गर्दै उनले सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडि खेलेको रमाईलो सम्झना अझै ताजा रहेको उल्लेख गरेका छन् ।
त्यस्तैगरी थापाले काठमाडौंका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होउन् भन्दै शुभकामना दिएका छन् ।
थापाको ट्वीट
स्याबास बालेन ! स्याबास सुनिता !
हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि मेयर बालेन्द्र साह र उपमेयर सुनिता ढंगोललाई धन्यवाद
सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडि खेलेको रमाईलो सम्झना अझै ताजा छ। काठमाडौंका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस्। शुभकामना
