• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभामा सांसदको प्रश्न
उत्तरगंगा जलाशययुक्त आयोजनाको काम के भयो ?, बूढीगण्डकी प्रभावितको क्षतिपूर्ति र मुआब्जा कहिले ?

उत्तरगंगा जलाशययुक्त आयोजनाको काम के भयो ?, बूढीगण्डकी प्रभावितको क्षतिपूर्ति र मुआब्जा कहिले ?


  • 4.4K
    SHARES
    • भाद्र ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.8K Views

    उत्तरगंगा जलाशययुक्त आयोजनाको काम के भयो ?, बूढीगण्डकी प्रभावितको क्षतिपूर्ति र मुआब्जा कहिले ?

    काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद कमल रोक्काले उत्तरगंगा जलविद्युत् आयोजना निर्माणका लागि पटकपटक प्रक्रिया अगाडि बढाउन आग्रह गरिए पनि सुनुवाइ नभएको बताएका छन् । उनले ढोरपाटन सिकार आरक्षलाई कुनै पनि समस्या नपर्ने गरी सो आयोजना तत्काल अगाडि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ध्यानाकर्षण गराए ।

    images

    ८२८ मेगावाट क्षमताको आयोजना अहिले अध्ययनका क्रममा छ । आयोजनाबाट निकास हुने पानीका विषयमा कुरा नमिल्दा प्रक्रिया अगाडि बढ्न सकेको छैन । केहीले आयोजनाबाट निकास हुने पानी बागलुङतर्फ नै खसाल्नुपर्ने धारणा राख्नछन् । धेरैले सो आयोजनाको पानी हाल उत्तरगंगा नदीकै प्राकृतिक बहावअनुसार बग्न दिनुपर्ने बताउँछन् । त्यस्तै सांसद रोक्काले ढोरपाटन सिकार आरक्षबाट स्थानीय बासिन्दाले लाभ लिने वातावरण बनाउनुपर्ने बताए । 

    सांसद खेमप्रसाद लोहनीले बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावितको क्षतिपूर्ति, मुआब्जा, पुनर्बास र पुनःस्थापनाको काम बाँकी नै रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद गजेन्द्र महतले सिंगो कर्णालीलाई पाल्न सक्ने राराताल तथा त्यस क्षेत्रमा फैलिएको निकुञ्जलाई पूर्वतर्फ स्थानान्तरण गर्न आग्रह गरे ।

  • सम्बन्धित विषय:

  • # बूढीगण्डकी आयोजना

  • तेस्रो आँखा