संसद्लाई प्रभावकारी बनाउन शीर्ष दलको भूमिका महत्वपूर्णः सभामुख सापकोटा

संसद्लाई प्रभावकारी बनाउन शीर्ष दलको भूमिका महत्वपूर्णः सभामुख सापकोटा


  • 7.9K
    SHARES
    • मंसिर २७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    संसद्लाई प्रभावकारी बनाउन शीर्ष दलको भूमिका महत्वपूर्णः सभामुख सापकोटा

    काठमाडौं, २७ मंसिर । संघीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले संसद् भवनको अवलोकन गरेका छन्  । भोली बस्ने संघीय संसदका दुवै सदनको बैठककालागि सभामुख सापकोटाले बिहान संसद् भवनको अवलोकन गरेका हुन । 

    images

    भोलीबाट सुरुहुने संसद्को हिउँदे अधिवेशनका लागि संघीय संसद्का सांसदहरुले कोरोना पीसीआर परिक्षण गरेका छन्  । यसैबीच, सभामुख सापकोटाले संसदको प्रभावकारिताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताएका छन् । 

    सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने बताए । यसअघिका बैठक प्रतिपक्षी एमालले अवरोध गर्दै आएको थियो । उनले पुनः त्यसै भए सर्वदलीय बैठक आह्वान गर्ने बताए । उनले भाेली हुने संसद् बैठककालागि पीसीआर परिक्षण गरेका छन् ।

    267494050_322686396524257_7088434250247052717_n.jpg

    यसैबीच, मंगलबार बस्ने संसद् बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पीसीआर परिक्षण गरेका छन् । उनले संसद् भवनमा पुगेर पीसीआर परिक्षण गरेका हुन । 

    267135361_441311464025922_7816394867783077016_n.jpg

  • सम्बन्धित विषय:

  • # संसद्

  • तेस्रो आँखा
    लेखकबाट थप