काठमाडौं । सरकारले भोलि असोज १ गते राति १२ बजेबाट संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो ।
सरकारले आगामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेको छ । निर्वाचन आयोगले आइतबार र सोमबारका लागि समानुपातिकतर्फ उम्मेद्वारको बन्दसूची बुझाउने कार्यक्रम तोकेको छ । सरकारले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेसँगै संसद्मा २७ विधेयक निष्क्रिय हुने भएका छन् ।
