काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेस १४ औं महाधिवेशनमा नेतृत्व चयनकालागि हुदै गरेको मतदान रोकिएको छ । काठमाडौंको भृकुटीमण्डमा जारी मतदानमा बिहान तीन घण्टा ढिलोगरि सुरुभएको थियाे । अहिलेसम्म करिब १६ सय मत खसेको केन्द्रीय निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले बताए ।
मतपत्र सकिएपछि मुख्य मतदान स्थल सभागृहमा मतदान केहिबेर रोकिएको छ । मतपत्र ढिलागरि आएपछि बिहान तीन घण्टा पछि मतदान सुरुभएको थियो । मतपत्रमा हस्ताक्षरको काम भइरहेकाले केहि समय लाग्ने निर्वाचन समितिले बताएको छ ।
