• ट्रेण्डिङ्ग :
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले गरे दुई राज्यमन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले गरे दुई राज्यमन्त्री नियुक्त


  • 5.8K
    SHARES
    • भाद्र ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले गरे दुई राज्यमन्त्री नियुक्त

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज दुई राज्यमन्त्री नियुक्त गरेका छन्  ।

    images

     प्रदेशको आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारी र भौतिक पूर्वाधार राज्यमन्त्रीमा सुशीला बुढाथोकीलाई नियुक्त गरिएको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले जानकारी दिए । 

     सोडारी र बुढाथोकी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट राज्यमन्त्री बनेका हुन् । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री भट्टको सिफारिसमा उनीहरुलाई राज्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त राज्यमन्त्रीद्वयलाई मुख्यमन्त्री भट्टले पद तथा गोपनीयताको शपथ गराएका छन् ।  

    भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी हालै एकीकृत समाजवादी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेपछि भौतिक पूर्वाधार राज्यमन्त्रीको पद रिक्त भएको थियो । आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदलाई भने एकीकृत समाजवादीले फिर्ता बोलाएको थियो । 


    तेस्रो आँखा