• ट्रेण्डिङ्ग :
लगातारको वर्षाका कारण कैलालीमा साढे ६०० घर डुबानमा

लगातारको वर्षाका कारण कैलालीमा साढे ६०० घर डुबानमा


  • 5.0K
    SHARES
    • आश्विन १, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    लगातारको वर्षाका कारण कैलालीमा साढे ६०० घर डुबानमा

    धनगढी ।  लगातारको वर्षाका कारण कैलालीको पूर्वी क्षेत्रका साढे ६०० भन्दा धेरै घर डुबानमा परेका छन्। कैलाली प्रहरीका अनुसार कर्णाली, कान्द्रा, मोहना नदीका साथै स–साना नदीको बहाव बढेपछि त्यसक्षेत्रका बस्तीहरु डुबानमा परेका हुन् ।

    images

    डुबानमा पर्नेमा भजनी नगरपालिका–८ स्थित पथरैया नदीको पानीको सतह बढेर सोनाफाटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका १६० घर रहेका छन्।

    सोही नगरपालिका वडा नम्बर–५ स्थित कान्द्रा नदीको बाढीले मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका २५० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, डीएसपी वेदप्रकाश जोशीले बताए। 

    यस्तै, कुटी गाउँ, वडा नम्बर ७ शिविर टोल, गणेशमान टोल र दक्षिणपूर्वी टोलका २५० घर डुबानमा परेका छन्। डुबानमा मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ। नदीको बहाव बढ्ने क्रम जारी रहेकाले सर्तक रहन आग्रह गरिएको छ। 

    जानकी गाउँपालिकाका अधिकांश वडाका बस्तिहरु जलमग्न भएका छन्।  वडा नम्बर ४ गिरधरपुर बेलपुर र वडा नम्बर ७ फरेला जबलपुर समुदायका मानिसहरु रातिदेखि उच्च भवनमा बसेका छन्। कर्णाली र पथरैया नदीमा  पानीको सतह बढिरहेका उच्च सतर्कताका अपनाउन गाउँपालिकाले आग्रह गरेको छ। 

    उता चुरे गाउँपालिका–६ बालकोटस्थित भीमदत्त राजमार्गमा माथिबाट पहिरो खसेर आवतजावन अवरुद्ध भएको छ। प्रहरी निरिक्षक धर्म सिंह बिष्टको कमाण्डमा छ जनाको प्रहरी टोलीले अवरुद्ध बाटो खोल्ने प्रयास गरिरहेको जनाइएको छ। पहिरोले बाटो अवरुद्ध गर्दा साना, ठूला गरी ९\१० वटा गाडी रोकिएको डीएसपी जोशीले बताए।

    भीमदत्त राजमार्गको अन्य  ४र५ स्थानमा पनि स–साना पहिरो गई सडक अवरुद्ध भएको उनले बताए।


    तेस्रो आँखा