• ट्रेण्डिङ्ग :
महाअभियोग सिफारिस समितिको बैठक सुरू

महाअभियोग सिफारिस समितिको बैठक सुरू


  • 3.6K
    SHARES
    • आश्विन १, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 5.5K Views

    महाअभियोग सिफारिस समितिको बैठक सुरू

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा दर्ता भएको महाअभियोग सिफारिस समितिको बैठक सुरू भएको छ ।

    images

    संसद सचिवालय सिंहदरबारमा सुरू भएको बैठकमा समितिका पदाधिकारी र राणा उपस्थित रहेका छन् । बैठकमा राणाले बयानको उतार गरिएका प्रत्येक पानामा हस्ताक्षर गरिरहेका छन् । बयानको उतार अध्ययनका लागि राणाले शुक्रवार घर लगेका थिए ।

    बयानको उतारका पानामा राणाले हस्ताक्षर गरिसकेपछि केही पुरक प्रश्न सोधिने र शनिवारै प्रतिवेदन तयार गरेर संसदमा बुझाइने जनाइएको छ । प्रतिनिधि सभाको कार्यकाल शनिवारै रातिबाट सकिने भएको छ । समितिले कार्यकाल सकिनुअघि नै प्रतिवेदन बुझाउने तयारी गरेको छ ।


    तेस्रो आँखा