काठमाडौंका मेयरले थालेको संरक्षण अभियानमा मेरो पूर्ण सहयोग छ : रामचन्द्र पौडेल

काठमाडौंका मेयरले थालेको संरक्षण अभियानमा मेरो पूर्ण सहयोग छ : रामचन्द्र पौडेल


  • 5.1K
    SHARES
    • आश्विन १, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    काठमाडौंका मेयरले थालेको संरक्षण अभियानमा मेरो पूर्ण सहयोग छ : रामचन्द्र पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अभियानमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् । 

    images

    उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत महानगर प्रमुख शाहले सुरु गरेको ऐतिहासिक सम्पदा संरक्षणको अभियानप्रति ऐक्यबद्धता जनाएका हुन्। 

    नेता पौडेलले काठमाडौंको पुरानो तस्बिर फेसबुकमा राख्दै ऐतिहासिक सम्पदा र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य भएको उल्लेख गरेका छन्।

    ‘५० वर्षभन्दा पुरानो यो फोटोमा देखिएजस्ता कैयौं सार्वजनिक ऐतिहासिक पोखरी र पाटी वा पौवा अतिक्रमणमा परेका छन्। ऐतिहासिक सम्पदा र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हाम्रो कर्तव्य हो,’ उनले तस्बिरसँगै लेखेका छन्, ‘काठमाडौंका मेयरले थालेको संरक्षण अभियान स्वागतयोग्य छ र यसमा मेरो पूर्ण सहयोग छ।’

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल

  • तेस्रो आँखा