चीनको भाषा अभियान, घानाका विद्यार्थीलाई चिनियाँ छात्रवृत्ति दिइयो

चीनको भाषा अभियान, घानाका विद्यार्थीलाई चिनियाँ छात्रवृत्ति दिइयो


  • 7.6K
    SHARES
    • आश्विन १, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    चीनको भाषा अभियान, घानाका विद्यार्थीलाई चिनियाँ छात्रवृत्ति दिइयो

    बेइजिङ। चिनियाँ अध्ययनमा उत्कृष्टता प्रदर्शन गरेकामा केप कोस्ट विश्वविद्यालयमा आयोजित एक समारोहमा १४० जना विद्यार्थीलाई चिनियाँ छात्रवृत्ति प्रदान गरिएको छ। समारोहलाई सम्बोधन गर्दै घानाका लागि चिनियाँ राजदूत लु कुनले छात्रवृत्तिले सबै तहका घानाका विद्यार्थीलाई चिनियाँ भाषाको अध्ययनमा उत्कृष्ट बनाउन मद्दत गर्ने आशा व्यक्त गरेका छन्।

    images

    'चीन संसारको दोस्रो ठूलो अर्थतन्त्र बनेको हुँदा चीनलाई राम्रोसँग बुझ्न मात्र होइन, चीनको विकासबाट लाभान्वित हुन समेत चिनियाँ अध्ययन आवश्यक छ,' राजदूतले भन] । कार्यक्रमलाई सम्बोधन गर्दै चीनमा अध्ययन गर्न चाहने घानावासीलाई चिनियाँ दूतावास सहयोग गर्न तयार रहेको लूले विद्यार्थीहरुलाई बताएका हुन् ।

    विश्वविद्यालयका उपकुलपति जोन्सन न्यार्को बोम्पोङले चिनियाँ भाषाको महत्त्व अझ बढ्दै गएको जनाएका छन् ।  उपकुलपति बोम्पोङले भने, 'चिनियाँ भाषाले अवसरहरूको  ढोका खोल्ने साँचोहरू प्रदान गर्दछ। घानामा चिनियाँ उद्यमहरूको बढ्दो सङ्ख्यामा धेरै रोजगारीका अवसरहरू छन्,।' यस किसिमको छात्रवृद्धिबाट लाभान्वित हुन समेत उनले आग्रह गरेका छन् ।