काठमाडौं, २७ मंसिर । मतपत्र सकिएपछि रोकिएको काँग्रेस १४ औं महाधिवेशनको मतदान पुनः सुरुभएको छ । राष्ट्रिय सभागृह केन्द्रमा रोकिएको मतदान सुरु भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
बिहान तीन घण्टा ढिलोगरि सुरुभएको मतदान प्रक्रिया मतपत्र सकिएपछि करिब एक घण्टा मतदान रोकिएको थियो । अहिलेसम्म करिब २ हजार मत खसिसकेको छ ।
कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।
काँग्रेस विधान अनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ ।
