• ट्रेण्डिङ्ग :
जसपा सांसद रेणुका गुरुङ राप्रपामा प्रवेश

जसपा सांसद रेणुका गुरुङ राप्रपामा प्रवेश


  • 3.9K
    SHARES
    • आश्विन १, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 6.0K Views

    जसपा सांसद रेणुका गुरुङ राप्रपामा प्रवेश

    काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रेणुका गुरुङ र सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक ठाकुर मोहन श्रेष्ठ राप्रपामा प्रवेश गरेका छन् ।

    images

    पार्टीको केन्द्रीय कार्यालयमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशी हरुलाई पार्टीको सदस्यता प्रदान गरेका थिए । जसपा केन्द्रीय सदस्य एवम् पूर्व राज्यमन्त्री गुरूङ, पूर्वएआईजी श्रेष्ठसहित डेढ सय जना भन्दा धेरै व्यक्ति राप्रपा प्रवेश गरेका हुन् ।

    पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले समाजका प्रतिष्ठित ब्यक्तिहरुको प्रवेश र विश्वासले राप्रपा जनताबीच लोकप्रिय बन्दै गएको पुष्टि भएको बताए ।

    राप्रपा असफल हुँदा परिवर्तन र विकास चाहनेहरुलाई धोका हुने लिङ्देनले दावी गरेका छन् ।


    तेस्रो आँखा