एमाले सचिवालय बैठक बस्दै, के गर्ला निर्णय ?

एमाले सचिवालय बैठक बस्दै, के गर्ला निर्णय ?


  • 6.9K
    SHARES
    • आश्विन २, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    एमाले सचिवालय बैठक बस्दै, के गर्ला निर्णय ?

    काठमाडौं । एमाले सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने एमाले प्रचार विभागका उपप्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका हुन् ।   

    images

    हिजो साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली आइतबार बस्ने बैठकले निर्णय गर्ने तय गरेको हो । 

    बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उपप्रमुख  गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे पार्टी महासचिव शङ्कर पोखरेलले बैठकलाई जानकारी गराएको बताए । हिजोको  बैठकमा सङ्घीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको उनले बताए ।  

     यस्तै हिजोको बैठकले बाढीपहिराका कारण अछाम जिल्लामा भएको जनधनका क्षतिका बारेमा छलफल गर्दै सरकारलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ ।

    साथै घटनाप्रति पार्टीले गहिरो दुःख व्यक्त गरेको उनले जानकारी दिए । बैठकले पाकिस्तानमा आएको बाढीले पुर्‍याएको क्षतिप्रति पाकिस्तानी सरकार र जनताप्रति गहिरो दुःख व्यक्त गरेको छ । 

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)

  • तेस्रो आँखा